पाकिस्तानी चर्चित टीभी प्रस्ताेता तथा पीटीआई नेशनल असेम्बलीका सदस्य डा. आमिर लियाकत हुसैनको असमायिक निधन भएको छ । स्वास्थ्य समस्याका कारण अस्पताल पुर्याएका ४९ वर्षिय हुसैन अस्पताल पुगिसक्दा मृत्यु भइसकेको डाक्टरहरूले बताएका हुन् । निधनको यकिन कारण थाहा भईनसकेका हुसैनको निधनका कारण नेशनल असेम्बलीको सत्र शुक्रवार बेलुकी ५ बजेसम्म स्थगित गरिएको बताईएको छ । धार्मिक टीभी कार्यक्रम ‘आलम अनलाइन’ बाट चर्चित डा. आमिर लियाकत हुसैन भर्खरै मात्रै आफ्नो तेस्रो विवाहलाई लिएर विवादमा मुछिएका थिए ।विवादमा मुछिएका हुसैनले सोही विवादका कारण देश छाड्ने घोषणा पनि गरेका थिए ।उनी सन् २०१८ मा पीटीआईको टिकटबाट चुनाव जितेर सांसद पनि भएका थिए ।
प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार
प्रतिक्रिया