काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ, तर नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट भने अदालतले फिर्ता गरेको छ।

कुलमान घिसिङले आफूलाई पुनः कार्यकारी निर्देशकको पदमा पुनर्स्थापना गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यस्तै, हितेन्द्रदेव शाक्यले भने आफूलाई चार वर्षअघि हटाइएको मुद्दामा चाँडो टुंगो लगाइदिन आग्रह गर्दै रिट दायर गरेका थिए।

advertisement

तर, सर्वोच्च अदालतको प्रशासन शाखाले शाक्यको निवेदन कानुनी प्रक्रिया अपूर्ण रहेको भन्दै फिर्ता गरिदिएको हो। शाक्यले चार वर्षअघि कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए। उक्त मुद्दाको टुंगो लगाइदिन माग गर्दै दिएको पछिल्लो निवेदन कानुनी रूपमा पूर्ण नठहरिएपछि अदालतले फिर्ता गरेको हो।

यसैबीच, कुलमान घिसिङले मंगलबार नै आफूलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जुन दर्ता गरिएको छ।

प्रकाशित मिति: १३ चैत्र २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com