काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै उक्त रिट दायर गरेका हुन् ।
लामिछानेलाई गैरकानुनी थुनामुक्त गराउन माग गर्दै दायर गरिएको रिटमा सोमबारका लागि पेशी तोकिएको छ । उनलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन दायर भइसकेको छ ।
सर्वोच्च अदालतले उक्त निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत र जिल्ला अदालतबाट सम्बन्धित कागजात झिकाउन आदेश गरिसकेको छ। हाल लामिछाने रूपन्देही जिल्ला कारागारमा थुनामा छन्।
यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार












प्रतिक्रिया