काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सरकारले देखाएको लापरवाहीका कारण देशको शिक्षा प्रणाली अराजक बनेको टिप्पणी गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेकी छन्,
“समितिमा विधेयकहरू अलपत्र छन्, सडकमा शिक्षकहरू अन्योलमा छन्। कक्षा १२ को परीक्षा समयमै हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ। एसईईको नतिजा कहिले आउँछ भन्ने थाहा छैन। विद्यालयमा न त शिक्षक छन्, न त कक्षामा विद्यार्थी।”

advertisement

डाँगीले रास्वपाले विगतमा दुईपटक शिक्षा मन्त्रालय सम्हालेको बेलामा नयाँ शैक्षिक सत्र सुरु हुनु अघि नै सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन पहल गरिएको स्मरण गराएकी छन् ।  तर अहिलेको दुईतिहाइको बलियो भनिएको सरकारले नयाँ शैक्षिक सत्रसमेत व्यवस्थित रूपमा सुरु गर्न नसकेको उनको आरोप छ ।

उनले भनेकी छन् – “दुईतिहाइको सरकारको अक्षमता र उदासीनताका कारण आज शिक्षा प्रणाली अराजक बनेको छ। यसपटक सरकारले असक्षम र गैरजिम्मेवार भएको स्पष्ट देखिएको छ।”

प्रकाशित मिति: ८ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com