काठमाडौँ — पूर्वडीआईजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सरकारले कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरिरहँदा नेपाल सुशासन पार्टीको तर्फबाट खरेल प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । यसअघि सामाजिक अभियान्ता पुकार बमले क्षेत्र नं. १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार
प्रतिक्रिया