काठमाडौं । सांसदहरूले गर्भनर नियुक्ति समयमै हुन नसकेको भनेर सरकारलाई ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग गरे ।

गर्भनर नियुक्तिको विषयमा ‘भद्दा राजनीतिक लालसा देखाइएको’ उनको टिप्पणी छ । गर्भनर नियुक्तिको विषयलाई राजनीतिक भागवण्डाको विषय बनाउँदा मौद्रिक नीति निर्माण लगायतमा असर परेको भन्दै उनले गर्भनर नियुक्तिका लागि सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने माग गरेका हुन् ।

advertisement

अन्य सांसदहरूले समेत यो विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com