काठमाडौं । लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद गीता गुरुङले आज पदबाट राजीनामा दिएकी छन्। जनमत पार्टीकी प्रतिनिधि गुरुङले मंगलबार लुम्बिनी प्रदेशसभा सभामुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।

राजीनामा पत्रमा गुरुङले जनताबाट तिरेको करमा आधारित तलब सुविधा लिने नैतिक आधार आफूमा नरहेको उल्लेख गरेकी छन्। राष्ट्र र जनताको पीडा आफुले नजिकबाट बुझेको तर तिनको अपेक्षाअनुसार सेवा दिन नसकेको महसुस भएको भन्दै उनले आजकै मितिबाट राजीनामा लागू हुने उल्लेख गरेकी छन्।

advertisement

उनले लेखेकी छन्, “आदरणीय जनताको सेवा गर्ने प्रतिबद्धताका साथ प्रदेशसभा प्रवेश गरेकी थिएँ। तर मप्रति कार्यक्षमताको अपेक्षा राखेका मेरा आमाबुबा, दाजुभाइ, दिदीबहिनी र सम्पूर्ण जनताको आशा मेटिन नसकेको अनुभूति भइरहेको छ। मेरो आत्मा यही प्रश्नले घोचिरहेको छ कि राष्ट्र र जनताभन्दा माथि केही हुन सक्दैन।”

गीता गुरुङले स्वेच्छिक राजीनामामार्फत सार्वजनिक जीवनमा जिम्मेवारीप्रतिको गम्भीरता झल्काएकी छन्।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com