काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु हुनुमा नेपाल विद्युत प्राधिकरणको लापरवाही रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै सांसद शाहीले यो घटनालाई “दुर्घटना होइन, हत्या” को संज्ञा दिँदै दोषीहरूमाथि कडा कारबाहीको माग गरे। उनका अनुसार, काभ्रेपलाञ्चोक वितरण केन्द्रमार्फत विस्तारित लाइनमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय उपेश परियारको धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालयअगाडिको खम्बामा करेन्ट लागेर मृत्यु भएको हो।

advertisement

सांसद शाहीले यस घटनामा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यसैगरी, फरक विचार राखेकै आधारमा व्यक्तिहरूलाई सरकारले पक्राउ गरिरहेको भन्दै उनले सरकारको कडा आलोचना समेत गरे।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com