काठमाडौं । खोलानालामा पानीको बहाव बढेसँगै नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात गर्न थालेको छ।
प्राधिकरणका अनुसार गएको शनिबारदेखि विद्युत् निर्यात सुरु गरिएको हो। प्राधिकरणका प्रवक्ता राजाभाइ सिल्पकारले हाल दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको जानकारी दिए।
रातको समयमा देशभित्र खपत नभएको विद्युत् भारतमा निर्यात गरिएको प्रवक्ताको भनाइ छ। उनले भने, “रातको समयमा मागभन्दा बढी उत्पादन भएकाले त्यस विद्युत भारत पठाइएको हो।”
नेपालले एकातिर विद्युत् निर्यात गरिरहेको छ भने, अर्कोतर्फ माग अनुसार भारतबाट पनि आयात गरिरहेको छ। प्राधिकरणले इन्डियन एक्सचेन्ज मार्केटबाट बिहान र दिउँसोको समयमा विद्युत् खरिद गरिरहेको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया