एजेन्सी.  काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा हवाई आक्रमण गरेको घटनामा ३० प्यालेस्टिनीको मृत्यु भएको छ।

मृतकहरूमा एक वरिष्ठ उद्धार सेवा अधिकारी अशरफ अबु नार र पत्रकार हसन मजदी अबु बर्दा पनि छन्। स्थानीय स्वास्थ्य अधिकारीहरूको अनुसार, दक्षिणी खान युनिस, उत्तरको जबालिया र मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा छुट्टाछुट्टै आक्रमणबाट उनीहरुको मृत्यु भएको हो ।

advertisement

अबु बर्दाको घरमा भएको हवाई आक्रमणमा उनका परिवारका धेरै सदस्य पनि मारिएका छन्। यसअघि, २०२३ अक्टोबरदेखि गाजामा मारिएका प्यालेस्टिनी पत्रकारहरूको संख्या २२० पुगेको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ।

हमासले आफ्नो कमाण्ड र नियन्त्रण संरचनालाई गुमाएको दाबी गर्दै इजरायली सेनाले भने युद्धको उद्देश्य पूरा गर्न गाजामा सैन्य कारबाही जारी राखेको जनाएको छ । सेनाका चीफ अफ स्टाफ इयाल जमिरले खान युनिसमा पुगेर सैनिकहरूलाई युद्ध नभइ हमासलाई ध्वस्त पार्ने र बन्धकहरूलाई सुरक्षित घर ल्याउने मिसन रहेको बताएको रायटर्सले जनाएको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com