काठमाडौं ।  कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–५, जयनगरमा ग्यास लिक भएर भएको आगलागीमा परेर दिदी-भाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा १८ वर्षीया सोनम यादव र उनका भाइ शिवकुमार यादव रहेका छन्। खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई अचानक आगो लागेको प्रहरीले जनाएको छ।

advertisement

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, सोनमको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा निधन भएको हो भने शिवकुमारको भारतको गोरखपुर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो।

दुवैजना नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, मुडफुटवाका विद्यार्थी थिए। सोनम कक्षा १० मा अध्ययनरत थिइन्।

विद्यालयका प्रधानाध्यापक लालचन्द पाण्डेयका अनुसार, दुवैजनाको शव भैरहवाको भीम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ। सोनमको निधनपछि विद्यालयले सोमबारका लागि शोक बिदा घोषणा गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com