काठमाडौं । नेपालमा वित्तीय पहुँच बढेको छ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।
उक्त सर्वेक्षण अनुसार वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। बैंङ्क तथा वित्तीय संस्थाका प्रति शाखाबाट औसत २,५२७ जनसङ्ख्यामा बैंकिङ सेवा उपलब्ध भएको छ। २०८१ फागुन मसान्तमा बैंक ५ तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ।
नेप्से सूचकाङ्क २०८१ फागुन मसान्तमा २७३६.४९ बिन्दु कायम भएको छ। जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्।
विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ। हालसम्म उद्योग विभाग र लगानी बोर्ड नेपालबाट ४७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। कुल जडित विद्युत् क्षमता ३,६०२ मेगावाट पुगेको छ। सङ्घीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ। इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार











प्रतिक्रिया