काठमाडौँ । राप्रपाले राजसंस्थाको समर्थनमा काठमाडौँ आउन लागेका आन्दोलनकारीहरूलाई आवागमनमा अवरोध पुर्‍याइएको आरोप लगाएको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ प्रवेश गरिरहेका विभिन्न स्थानका राष्ट्रवादी कार्यकर्ताहरूलाई अनावश्यकरूपमा रोकताल, सोधपुछ र आवागमनमा बाधा गरिएको सूचना प्राप्त भएको जनाए।

advertisement

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत भने, “राजसंस्था पक्षधरहरूको आजदेखि सुरु हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने, आवागमनमा बाधा पुर्‍याउने गतिविधि गरिएको भन्ने जानकारी प्राप्त भएको छ। प्रशासनले त्यसो नगरी सहज वातावरण बनाउन ध्यान दिनुपर्छ।”

राजसंस्थाको पुनःस्थापना, हिन्दू राष्ट्र घोषणा, संघीयता खारेजलगायत मुद्दा उठाउँदै राजावादी समूहले बिहीबारदेखि आन्दोलन सुरु गरेका छन्।

यता, प्रहरीले नागढुंगा–नौबिसे सडकखण्डमा बस दुर्घटनाका कारण केही समय सवारी अवरुद्ध भएको जनाएको छ। दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको यात्रुबाहक बस बिहान करीब पौने ३ बजेतिर सडकको नालीमा खस्दा एकतर्फी सडक केहीबेरका लागि अवरुद्ध भएको हो।

प्रहरीका अनुसार उक्त बसको कारण सडकको एक भाग प्रभावित भएको र त्यसकै असरले केही समय ट्राफिक जाम भएको थियो।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com