काठमाडौं  । राप्रपा नेपाल अध्यक्ष कमल थापाले सडकबाटै संविधान च्यातेर नयाँ संविधान बनाउने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

राजावादी समूहले बिहीबार काठमाडौंको रत्नपार्कमा आयोजना गरेको प्रदर्शनमा बोल्दै अध्यक्ष थापाले वर्तमान संविधान जनताको चाहनाअनुसार नबनेको दाबी गर्दै भने, “अबको आन्दोलनले संविधानमै ठूलो धक्का दिनेछ। यदि सत्ता पक्षले समयमा कुरा नबुझ्ने हो भने सडकबाटै संविधान च्यातेर नयाँ संविधान जारी गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले बेलैमा सहमति र समझदारीमा आउन सबैलाई आग्रह गर्दछु।”

advertisement

थापाले आन्दोलन अब झन् सशक्त रूपमा अघि बढ्ने पनि स्पष्ट पारे। “गाउँगाउँबाट मानिसहरू आउँदै छन्, भोलिदेखि आन्दोलन अझै चर्किनेछ,” उनले भने। साथै काठमाडौंबासीहरूलाई पनि आन्दोलनमा सक्रिय सहभागी बन्न आग्रह गरे।

“काठमाडौं चिसो ठाउँ हो, यहाँ मान्छे तात्न अलिक समय लाग्छ। तर म विश्वास गर्छु, अब जनताले तात्न थाल्नुहुन्छ। आन्दोलनले गति लिन्छ,” थापाले भनाइ राखे।

बिहीबार दिउँसो २ बजे रत्नपार्कमा भेला भएका राजावादीहरूले टुँडिखेल वरिपरि र्‍याली गरेपछि पुनः रत्नपार्कमै फर्किएर कोणसभा सम्पन्न गरेका थिए।

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com