काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको टिप्पणी गरेका छन् ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताए ।

advertisement

उनले भने, ‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठूलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठूला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ । दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ । केही छैन ।’

प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com