काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार सम्पन्न बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेको हो।

वरिष्ठ अधिवक्ता पोखरेल नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत इकाइका अध्यक्ष समेत हुन्। न्याय सेवामा पौडेल २०५० साउन १ गते प्रवेश गरेका थिए भने थापा २०७० जेठ २७ गतेदेखि सेवा प्रारम्भ गरेका थिए।

advertisement

सर्वोच्च अदालतमा हाल चार न्यायाधीशको पद रिक्त रहँदा उक्त सिफारिसपछि अब एक मात्र पद रिक्त रहेको छ। सिफारिस भएका व्यक्तिहरूको नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिबाट अनुमोदन भएपछि उनीहरू सर्वोच्च अदालतका न्यायाधीशका रूपमा नियुक्त हुनेछन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com