धनगढी । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका अन्तर्गत पर्ने पचुई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) धीरबहादुर चन्दमाथि कुटपिट भएको छ।
सार्वजनिक भएको एक भिडियोमा एक व्यक्तिले असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको देखिन्छ। भिडन्तका क्रममा चन्दको पोशाक समेत च्यातिएको देखिन्छ। उक्त भिडियो सार्वजनिक भएपछि कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीका अनुसार केही दिनअघि दिउँसोको समयमा चौकी नजिकै चन्दमाथि हातपात भएको थियो। उक्त घटना भारतबाट अवैध रूपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न समूहसँगको जाँचका क्रममा भएको खुलेको छ।
प्रहरीले घटनामा संलग्न समूहको पहिचान गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया