झापा । झापाका तीन फरक स्थानमा आज बिहान तीन जनाको शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार अर्जुनधारा नगरपालिका–४ मदनपुर जलाधर सडक, बिर्तामोड नगरपालिका–२ फूलबारी टोल र अर्जुनधारा नगरपालिका–११ नयाँ बस्तीमा शवहरू भेटिएका हुन्।
अर्जुनधारा–४ मा फेला परेको पुरुषको शवको पहिचान खुल्न सकेको छैन। बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँ बस्तीका ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।
तीनवटै शवको मुचुल्का उठाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया