काठमाडौं । लोकप्रिय गायिका रचना रिमाल हाल काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचाररत छिन्। रुकुम पश्चिमको सानिबेरी गाउँपालिका, बेलटापुमा आयोजना गरिएको एक सांगीतिक महोत्सवमा सहभागी हुन पुगेकी रिमालको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई काठमाडौं ल्याएर उपचार थालिएको हो।

शरीरमा देखिएको सङ्क्रमणका कारण सानो आन्द्रा सुन्निएको र पेटमा पनि गम्भीर समस्या देखिएको चिकित्सकहरूको भनाइ छ। अस्पतालको क्याबिनमा राखेर अहिले उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको जनाइएको छ।

advertisement

स्वास्थ्य बिग्रिएपछि सेनाको हेलिकोप्टरमार्फत उनलाई पहिला नेपालगञ्ज ल्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं ल्याइएकी हुन्।

रिमालको स्वास्थ्य अवस्थाप्रति उनका प्रशंसक र शुभचिन्तकले चासो व्यक्त गरिरहेका छन् भने चिकित्सकहरूले नियमित निगरानीका साथ उपचार गरिरहेको जनाएका छन्।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com