रामेछाप । रामेछाप नगरपालिका–४, हिमगंगामा मंगलबार साँझ एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार २९ वर्षीय लवकुमार थापा मगरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।

डिएसपी भोला भट्टका अनुसार लवकुमार आफ्नै कोठामा सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरिएको भन्ने सूचना पाएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा लवकुमारका भिनाजु पर्ने ५० वर्षीय विनोदकुमार यसमाली घटनास्थलबाट फरार रहेको खुलेको थियो।

advertisement

प्रहरीले त्यसलगत्तै उनीमाथि शंका गर्दै खोजी थालेको थियो र राति नै रामेछाप नगरपालिका–५, रामपुर कोलन्जोरबाट उनलाई पक्राउ गर्न सफल भएको हो।

डिएसपी भट्टका अनुसार पक्राउ परेका यसमालीको केही आपराधिक पृष्ठभूमि पनि देखिएको छ र थप विवरणको अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट १० दिनको म्याद लिएर उनलाई हिरासतमा राखेको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com