दाङ । बाजुराबाट बिरामी लिएर काठमाडौं जान तयारी अवस्थामा रहेको सिम्रिक एयरको हेलिकप्टर खराब मौसमका कारण दाङको भालुबाङमा आकस्मिक अवतरण गरिएको छ।

भीषण वर्षा र खराब मौसमका कारण उडान सम्भव नहुने स्थिति बनेपछि हेलिकप्टरलाई सशस्त्र प्रहरी बलको २९ नम्बर गण परिसरमा अवतरण गराइएको हो।

advertisement

गणपति प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) मनोज धितालका अनुसार झन्डै एक घण्टा पहिले अवतरण गरिएको हेलिकप्टर अझै पनि गण परिसरमै रोकिएको छ।

मौसममा सुधार आएपछि मात्र हेलिकप्टर पुनः गन्तव्यतर्फ उड्ने जनाएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com