लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकास्थित बरेटारमा शनिबार बिहान भएको भीषण आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी र स्थानीयवासीलाई निकै कठिन भएको छ। आगो बस्तीमा फैलिन नदिन जेसीबी प्रयोग गरी एक घर भत्काउनुपरेको हो।

सुन्दरबजार–६ का स्थानीय गोविन्द बोहोराको कच्ची दुईतले घरमा बिहान ११:५५ बजे विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ। आगोले एक्कासि विकराल रूप लिएपछि त्यसले आसपासको बाक्लो बस्तीमा फैलिने खतरा बढेको थियो।

advertisement

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी तथा बेसीशहर नगरपालिकाको दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रण गर्न प्रयास गरिए पनि तत्काल सम्भव भएन। दीर्घ प्रयासका बाबजुद आगो नियन्त्रणमा नआएपछि सुरक्षा निकाय र स्थानीयको सहमतिमा सम्भावित क्षति न्यूनिकरण गर्न गोविन्द बोहोराको घर जेसीबी प्रयोग गरी भत्काइएको थियो।

अन्ततः राति १:१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राज किशोर साह तेलीले जानकारी दिए। यद्यपि घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको जनाइएको छ। आगलागीबाट भएको सम्पत्तिको क्षतिको विवरण सङ्कलन कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com