धनुषा । धनुषामा खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको ज्यान गएको छ। मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतोको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार मङ्गलीदेवी तरकारी बारीमा काम गर्ने क्रममा खेतमा जङ्गली जनावर रोक्नका लागि जडान गरिएको विद्युतीय तारमा छोएकी थिइन्। सोही क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

advertisement

“केही किसानले बाली जोगाउन विद्युतीय तारमार्फत करेन्ट प्रवाह गर्दै आएका छन्,” प्रहरी निरीक्षक यादवले भने, “मङ्गलीदेवीले पनि सोही तार छोएकी थिइन्, जसका कारण उनको घटनास्थलमै निधन भयो।”

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण सिंहले जानकारी दिएका छन्।

 

प्रकाशित मिति: ५ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com