चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकजुट भएर अगाडि बढेमा आगामी निर्वाचनमा एकल बहुमत प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

स्वर्गीय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभालाई शनिबार नारायणगढमा सम्बोधन गर्दै देउवाले भने, “अहिलेको राजनीतिक सन्दर्भमा कुनै पनि दलले सजिलै बहुमत ल्याउन सक्दैन। तर, नेपाली कांग्रेस एकजुट भएर लागेमा एक्लै बहुमत ल्याउन सक्छ।”

advertisement

उनले पार्टीभित्र आपसी प्रतिस्पर्धा र अन्तरिक असहयोगको प्रवृत्ति हावी रहेकोप्रति चिन्ता व्यक्त गरे। “हाम्रो पार्टीमा टिकट पाएपछि अर्को पक्षलाई हराउन लाग्ने प्रवृत्ति छ,” उनले भने, “एकले अर्कोलाई रोक्ने आरोपहरू भइरहेका छन्, जुन अनुचित हो।”

देउवाले कांग्रेसले आफूलाई पार्टी सभापति र देशको प्रधानमन्त्री बनाएकाले पार्टीप्रति थप जिम्मेवार र समर्पित भएर लाग्ने प्रतिवद्धता समेत जनाए। “म पार्टीलाई अझ मजबुत र अनुशासित बनाउने दिशामा काम गर्नेछु,” उनले भने।

संसदमा कुनै दलको स्पष्ट बहुमत नभएकाले कांग्रेसले कहिले माओवादी केन्द्रसँग त कहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको अवस्था रहेको पनि उनले उल्लेख गरे।

अन्त्यमा, उनले वर्तमान संविधानलाई समावेशी, समानुपातिक र सर्वमान्य बताए। “अहिलेको संविधान उत्कृष्ट छ। यसले सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ,” देउवाले भने, “नेपाली कांग्रेसको दायित्व संविधानको संरक्षण गर्नु हो।”

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com