काठमाडौं । पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा एक दम्पती पुरिएर बेपत्ता भएका हुन् ।

advertisement

बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन् ।

वर्षासँग आएको बाढी र पहिरोले सडक र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

 

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com