काठमाडौं । सेयर बजारका सक्रिय कारोबारी दिपेन्द्र अग्रवाल ठगी र आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार सोमबार टोखा क्षेत्रबाट अग्रवाललाई पक्राउ गरिएको हो। उनविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उजुरी परेको र त्यसैका आधारमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

advertisement

अग्रवाल सेयर लगानीकर्ता तथा सामाजिक सञ्जालमार्फत सक्रिय सल्लाहकारका रूपमा परिचित थिए। तर, विगतमा पनि उनी विभिन्न विवादमा तानिँदै आएका थिए। उनी यसअघि ‘गोल्डम्यान इन्भेष्टमेन्ट’ नामक संस्थामार्फत लगानीकर्तालाई ठगी गरेको आरोपमा समेत अनुसन्धानको दायरामा आएका थिए।

सामाजिक सञ्जाल र क्लब हाउस जस्ता माध्यमहरू प्रयोग गर्दै उनले निश्चित कम्पनीहरूको सेयर खरिद-बिक्री गर्न लगानीकर्तालाई उक्साउने गरेका थिए। साथै, आफैंले बेचेका सेयरहरू पुनः आफैंले किन्नेजस्ता क्रियाकलापमा संलग्न भएको आरोप समेत उनमाथि लागेको छ।

हाल अग्रवाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com