काठमाडौं । नक्कली अडिओ तयार पारेर सञ्चार माध्यममा पठाउने, ब्यापारीक घराना विरुद्ध तथ्य र प्रमाणविनै मुद्दा हाल्ने र धम्की दिई बार्गेनिङ गर्ने, जथाभावी उजुरी र मुद्दा हाल्दै हिंड्ने र बार्गेनिङ गर्ने कार्यमा संलग्न रहेका राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

कोसी प्रदेश प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीका अनुसार, तिमिल्सिनालाई आइतबार साँझ (साउन ४ गते) इलाका प्रहरी कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएको हो।

advertisement

तिमिल्सिनाविरुद्ध सर्वोच्च अदालतले ६ महिनाको कैद सजाय तोकेको थियो। अदालतको अवहेलना गरेको मुद्दामा उनी दोषी ठहरिएका थिए। सोही मुद्दामा सर्वोच्च अदालतले सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई पनि तीन महिनाको कैद सजाय सुनाएको थियो। तर उनीहरूले क्षमायाचना गरेपछि ७ दिनमात्र जेल बसेर छुटेका थिए। तिमिल्सिना भने फरार रहेका थिए।

अनुसन्धानका क्रममा तिमिल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश र केही सञ्चार गृह सञ्चालकहरूको नाम जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित मुद्दामा ‘सेटिङ’ हुने आरोपसहितको नक्कली अडिओ तयार पारेको तथ्य फेला परेको थियो। सो अडिओ सिधाकुरा नामक अनलाइन मिडियामा पठाइएको थियो।

यसअघि नै दोषी ठहर भए पनि लामो समयसम्म फरार रहेका तिमिल्सिनालाई प्रहरीले पक्राउ गरी थप कानुनी कारबाही अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com