काठमाडौं । चर्चित सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी आरोपमा पक्राउ गरी प्रहरीले अनुसन्धान थालिएको छ । काठमाडौँ जिल्ला अदालतले उनलाई तीन दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अग्रवाललाई सोमबार टोखा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार अग्रवालमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
जनकपुर उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका दिनेशप्रसाद शाहले अग्रवालविरुद्ध ठगीको जाहेरी दिएका थिए । शाहका अनुसार ‘सेयर मिलाइदिन्छु’ भन्दै अग्रवालले ६ करोड ४५ लाख रुपैयाँ लिएका थिए, तर पैसा लिएपछि उनी सम्पर्कविहीन भएको आरोप छ ।
प्रहरीका अनुसार अग्रवालमाथि प्राप्त उजुरीको आधारमा थप अनुसन्धान अघि बढाइएको छ ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया