काठमाडौं । काठमाडौंको ज्याठास्थित एक होटलबाट दुई किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति गोप्य सूचनाका आधारमा होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामा चीनको सियाचिन प्रान्तका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका छन्। उनीहरू ज्याठामा बसेका थिए।उनीहरू बसिरहेको होटलको कोठाबाट दुई किलो अवैध सुन बरामद भएको कार्यालय प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार उनीहरूको साथबाट २४ लाख रुपैयाँ नगदसमेत बरामद गरिएको छ।

advertisement

एसएसपी बस्नेतले भने, “सुन कहाँबाट ल्याइयो भनेर उनीहरूले केही खुलासा गरेका छैनन्। अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउनेछ।”

प्रहरीले बरामद सुनको मंगलबार बिहान परीक्षणसमेत गरिसकेको छ र सुन शुद्ध भएको पुष्टि भइसकेको बताइएको छ।प्रहरी अनुसन्धान अनुसार छुनलुङ थान डेढ महिना अघि काठमाडौं आएका थिए भने उनकी प्रेमिका सुमेइ चोउ केही दिन अघि मात्र नेपाल आएकी थिइन्। उनीहरू प्रेम सम्बन्धमा रहेको खुलेको छ।

हाल प्रहरीले प्रारम्भिक अनुसन्धानपछि थप अनुसन्धानका लागि उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ।

प्रहरीले सुनको श्रोत, तस्करी सञ्जाल तथा संभावित संलग्नताबारे विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com