काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९६ पैसा र बिक्रीदर १३८ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७८ पैसा र बिक्रीदर १६२ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ८६ पैसा र बिक्रीदर १७४ रुपियाँ ६२ पैसा कायम गरिएको छ ।

advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ९६ पैसा र बिक्रीदर ९१ रुपियाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ५६ पैसा र बिक्रीदर १०२ रुपियाँ , सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ र बिक्रीदर १०८ रुपियाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २६ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६ रुपियाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८ रुपियाँ एक पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २९ पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ६३ पैसा र बिक्रीदर ३२ रुपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ तीन पैसा र बिक्रीदर १० रुपियाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५१ पैसा र बिक्रीदर १४ रुपियाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६७ पैसा र बिक्रीदर २१ रुपियाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५७ पैसा र बिक्रीदर १७ रुपियाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ ११ पैसा र बिक्रीदर ४५४ रुपियाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपियाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३५९ रुपियाँ ८९ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com