काठमाडौं । गत आर्थिक वर्ष ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका लागि प्रयोग गर्ने कण्डम २४ करोड बढी मूल्यको आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९१ लाख ७१ हजार आठ सय २८ पुरुष कण्डम आयात भएको हो ।

advertisement

सरकारले कण्डमको आयातमा असाध्यै न्यून भन्सार महसुल दर कायम गरेकाले गत आवको कण्डम आयातबाट सरकारले नौ हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०८०–०८१ मा नेपालमा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com