काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारलाई लद्दु विद्यार्थीको संज्ञा दिएका छन्।

पार्टीको केन्द्रीय स्वास्थ्य बिभागद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै  सचिव भट्टराईले  सरकारलाई लद्दु विद्यार्थीको संज्ञा दिँदै यो सरकारले क्लास पनि नचढ्ने, पास पनि नगर्ने र अन्य विद्यार्थीलाई पनि बिगार्ने बताए ।

advertisement

उनले भने, ‘यो सरकार लद्दु विधार्थी हो । क्लास पनि चढ्दैन,पास पनि गर्दैन । यसले अरु विधार्थीलाई पनि बिगार्छ।’

एमालेले आज एक विज्ञप्ति जारी  गर्दे वर्तमान सरकारको एक वर्ष  बर्बादीमात्र भएको आरोप लगाएको छ ।

प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com