रसुवा । गोसाइकुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई व्यक्तिको शव नेपाली सेनाले फेला पारेको छ।
गोसाइकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइकुण्डमा शुक्रबार भएको घटनापछि हराएका व्यक्तिहरूको खोजीमा खटिएको श्रीनाथ गणअन्तर्गतको नेपाली सेनाको टोलीले शवहरू कुण्डबाट निकाल्न सफल भएको हो।
सेनाले स्थानीय स्रोतसाधनको प्रयोग गरी सञ्चालन गरेको उद्धार प्रयास सफल भएपछि फेला परेका शवहरू नेपाल प्रहरीले बुझ्ने तयारी भइरहेको जनाइएको छ।
उक्त घटनापछि सुरक्षाका सबै निकायहरूको संयोजनमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया