रसुवा ।  गोसाइकुण्डमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई व्यक्तिको शव नेपाली सेनाले फेला पारेको छ।

गोसाइकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइकुण्डमा शुक्रबार भएको घटनापछि हराएका व्यक्तिहरूको खोजीमा खटिएको श्रीनाथ गणअन्तर्गतको नेपाली सेनाको टोलीले शवहरू कुण्डबाट निकाल्न सफल भएको हो।

advertisement

सेनाले स्थानीय स्रोतसाधनको प्रयोग गरी सञ्चालन गरेको उद्धार प्रयास सफल भएपछि फेला परेका शवहरू नेपाल प्रहरीले बुझ्ने तयारी भइरहेको जनाइएको छ।

उक्त घटनापछि सुरक्षाका सबै निकायहरूको संयोजनमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।

 

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com