काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पोखरालाई साहसिक पर्यटनको केन्द्रका रूपमा चिनिन थालिसकेको बताएकी छिन्। पोखराको लेकसाइडमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको ‘बगैँचा रिसोर्ट एन्ड स्पा’ को उद्घाटन गर्दै उनले पोखरा अब साहसिक पर्यटनको ‘हब’को रूपमा स्थापित भइसकेको टिप्पणी गरिन्।

मन्त्री देउवाले पोखराको प्राकृतिक सौन्दर्यबारे स्मरण गर्दै बाल्यकालमा यहाँ आएको अनुभव सुनाइन्। उनले भने, “त्यसबेला पोखराको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले लोभ्याएको थियो, अहिले त्यो सुन्दरतामा अझ थप आकर्षण देखिएको छ ।”

advertisement

जलवायु परिवर्तनका असरबारे समेत बोल्दै मन्त्री देउवाले हाल उत्तर र दक्षिणका छिमेकी मुलुकहरूमा बाढी र विपद्‌का घटनाहरू बढिरहेको जनाउँदै नेपालले पनि सतर्कता अपनाउनुपर्ने बताइन्। “यहाँ पनि अनावृष्टि र अतिवृष्टिको त्रास बढिरहेको छ,” उनले भनिन्, “जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै दिगो विकासमा सबैको सहकार्य आवश्यक छ।”

मन्त्री देउवाले जैविक विविधताको संरक्षणमा नेपालले खेलेको भूमिकाको चर्चा गर्दै बगैँचा रिसोर्टले वातावरणमैत्री दृष्टिकोणलाई प्राथमिकता दिएकोप्रति प्रशंसा व्यक्त गरिन् ।

उनले विदेशको श्रमले पैसा कमाइए पनि स्वदेशमा गरेको प्रयासले सामाजिक सम्मान र योगदान दुवै प्राप्त हुने धारणा राखिन्। “रिसोर्टमार्फत स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको छ,” मन्त्री देउवाले भनिन्, “यस्ता प्रयासहरूले पर्यटन मात्र होइन, समग्र दिगो विकासमा पनि टेवा पुर्‍याउँछ ।”

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com