काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाली सेयर बजारमा गिरावटको क्रम जारी रहँदा नेप्से परिसूचक ३१.५० अङ्कले घटेर २९२२.६३ विन्दुमा पुगेको छ। बुधबार मात्रै झन्डै ४८ अङ्कको गिरावट आएको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार २५० कम्पनीको सेयर कारोबार भएकोमा १९८ कम्पनीको मूल्य घटेको छ भने ५२ कम्पनीको मात्र मूल्य बढेको छ। कारोबार भएका १३ उपसमूहमध्ये फाइनान्स समूहको सूचकबाहेक सबै सूचकहरूमा गिरावट आएको छ।

advertisement

बजार समग्रमा ओरालो लाग्दापनि ट्रेड टावर, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयर मूल्यमा सकारात्मक सर्किट नजिकको वृद्धि देखिएको छ।

सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा भुगोल इनर्जी पर्‍यो, जसको सेयर मूल्य ७.१० प्रतिशतले घटेको छ।

बिहीबारको कारोबार रकम भने उच्च देखिएको छ। दिनभरमा ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार १५ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ नाघेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स कम्पनी १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ। नेपाल रिइन्स्योरेन्स कम्पनी र हिमालयन डिस्टिलरी क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com