काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ। बिहीबार शिक्षा विभागसहित विभिन्न विभागको संयुक्त टोलीले विद्यालयमा अनुगमन गरेको हो।
शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको उक्त अनुगमनमा विद्यालयको सञ्चालनमा गम्भीर अनियमितता देखिएको महानगरको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिनुभयो।
अनुगमनका क्रममा विद्यालयले अनिवार्य प्रक्रिया तथा कानुनी मापदण्ड नअपनाएको पाइएपछि विद्यालयलाई तीन दिनभित्र २२ विभिन्न क्षेत्रसँग सम्बन्धित कागजात पेश गर्न निर्देशन दिइएको छ।
महानगरपालिकाले आवश्यक कागजात नबुझाए कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया