काठमाडौं । देशभरको विभिन्न राजमार्गका १३ स्थानमा सवारी आवागमन पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले सोमबार दिउँसो १ बजे सार्वजनिक गरेको सूचनाअनुसार निरन्तरको वर्षाका कारण सडकहरू अवरुद्ध भएका हुन्।
प्रहरीका अनुसार काठमाडौं उपत्यका, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न भागमा सडक अवरुद्ध हुँदा यात्रुहरू प्रभावित भएका छन्। कतिपय स्थानमा सवारी एकतर्फी रूपमा चलिरहेको छ भने केही ठाउँमा पूर्ण रूपमा सडक बन्द छन्।
पूर्ण अवरुद्ध भएका स्थानहरू:
संखुवासभा (भोटखोला गाउँपालिका–४, ब्रह्मा): कोशी राजमार्ग
बर्दिया (गेरुवा गाउँपालिका–२): नेपाल–चीन नाका जोड्ने पुल
रासुवा (गोसाइँकुण्ड गाउँपालिका–२ र ३): पासाङल्हमु राजमार्ग
सिन्धुपाल्चोक (मिक्लाजुङ गाउँपालिका–२, कोदारी): अरनिको राजमार्ग
म्याग्दी (अन्नपूर्ण गाउँपालिका–३, सुकुबहार): कालीगण्डकी कोरिडोर
रुकुम पश्चिम (आठबीसकोट नगरपालिका–६, रिमिघार): जाजरकोट–डोल्पा–भेरी कोरिडोर सडक
आंशिक रूपमा सुचारु (एकतर्फी) भएका स्थानहरू:
काठमाडौं (कार्तिकेदोका न.पा.–२): काठमाडौं–नुवाकोट सडक
बागलुङ (बागलुङ न.पा.–१०): कालीगण्डकी कोरिडोर
नवलपुर (गैडाकोट गाउँपालिका–३): कालीगण्डकी कोरिडोर
गोरखा (धार्चे गाउँपालिका–४): बेसी–जोमसोम सडक
लमजुङ (बेसिसहर नगरपालिका–४, चुत्रेश्वर): पृथ्वीराजमार्ग
पर्वत (कुश्मा नगरपालिका–१): बेनी–कुश्मा सडक
बर्दिया (गेरुवा गा.पा.–२): नेपाल–चीन नाका पुल
नेपाल प्रहरीले यात्रुलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार












प्रतिक्रिया