काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको हो।

बोर्डले नतिजा सार्वजनिक गर्नु अघि आइतबार डेमो परीक्षण गरेको थियो। बोर्डको वार्षिक कार्यतालिका अनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गरिनुपर्ने भए पनि गत शैक्षिक सत्रमा शिक्षकमहासंघको आन्दोलनका कारण नतिजा ढिलो भएको हो।

गत चैत २० देखि २९ दिनसम्म देशव्यापी शिक्षक आन्दोलन चलेपछि परीक्षा तालिका प्रभावित भएको थियो। प्रारम्भमा ११ वैशाखका लागि तय गरिएको परीक्षा अन्ततः २१ वैशाखदेखि सञ्चालन गरिएको थियो।

परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com