दक्षिण अफ्रिका र बोत्स्वानाको सीमामा रहेको कगलागादी निकुञ्जमा पानी पिउन आएका ग्राउज चराहरूलाई स्यालले आक्रमण गरेको छ । निकै बेरसम्म ढुकेर बसेको स्यालले चराहरूमाथि आक्रमण गरेको हो ।
फोटोग्राफर एलिज लाबुशान–हलले तातोमा एउटा कारभित्र लुकेर यसको तस्वीर खिचेकी हुन् । तस्वीरहरूमा स्याल चराको बथानमा बिस्तारै पसेको अनि उनीहरू पानी पिउन थाल्दा आक्रमण गरेको देखिन्छ ।
एलिजले भनिन्, ‘यो तस्वीर लिनका लागि मैले ३७ डिग्री सेल्सियस गर्मीमा कारभित्र तातो सहेर बस्नुपरेको थियो तर दुःखको प्रतिफल राम्रै पाइयो । यो निकुञ्ज स्यालकै क्षेत्र हो र र ऊ यसमा राज गर्छ । मैले उसलाई कैयौं दिनदेखि हेरिरहेको थिएँ र सबेरै उसले शिकार गरेको हेरें ।’
स्यालले चराहरूको शिकार गर्दा उनीहरू आत्तिएर उडेको दृश्य कारुणिक देखिन्छ ।
प्रकाशित मिति: ५ बैशाख २०७९, सोमबार
प्रतिक्रिया