काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मासँग बुढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक गरिरहेका छन्। बैठक करिब एक घण्टा अघि सुरु भएको हो।

पार्टी निकट स्रोतका अनुसार बैठकको मुख्य एजेन्डा पार्टी सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको विषय हो। संसदीय विशेष छानबिन समितिले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादित व्यवस्थामा संशोधन गर्ने वाक्यांश पारित गराउन भूमिका खेलेको भन्दै खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहर गरेको थियो। त्यसपछि सत्तापक्ष नेकपा एमाले र विपक्षी दलका नेताहरूले उनको राजीनामा माग गर्दै आएका छन्।

advertisement

बैठकमा मन्त्रीहरूको कार्यसम्पादन मूल्याङ्कन, पार्टी महाधिवेशनको तयारी र कार्यसम्पादन समितिको बैठक आह्वानबारे पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com