काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ता भएको छ।
पूर्व उपप्रधानमन्त्री रहेका दुई नेताबीचको छलफलमा वर्तमान राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा समाजवादउन्मुख समावेशी लोकतन्त्रको प्रवर्द्धनका लागि आवश्यक कदमबारे गहन चर्चा भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।
भेटमा लोकतान्त्रिक उपलब्धिहरूको संरक्षण गर्दै समृद्ध नेपालमार्फत समाजवादको दिशामा अघि बढ्नुपर्ने विषयमा पनि विशेष जोड दिइएको बताइएको छ। हालका दिनमा माओवादी नेता श्रेष्ठले विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर संवाद र भेटघाट गरिरहेका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया