काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले वर्तमान राजनीतिक दलहरू असफल भएको दाबी गर्दै राजसंस्था पुनर्स्थापना गर्ने जिम्मेवारी अब आफ्नै काँधमा आएको बताएका छन्।

गत चैत १५ को तीनकुने घटनापछि पहिलोपटक पत्रकार सम्मेलन गरेका प्रसाईंले आफू परम्परागत राजावादी नभई राष्ट्रवादी भएको स्पष्ट पार्दै भने, “मै हुँ राजसंस्था फ्याँक्ने मान्छे, सैनिक हिरासत बस्ने मान्छे पनि मै हुँ। तर आज दलहरूले देश बचाउन सकेनन्, अब राजालाई फर्काउन हामी तयार छौं।”

advertisement

प्रसाईंले विगतमा राजालाई हटाउनुलाई ‘धर्म निभाएको’ भन्दै अहिले फेरि देशको आवश्यकता अनुसार राजसंस्था फर्काउने बेला आएको उल्लेख गरे।

पत्रकार सम्मेलनमा उनले चैत १५ गतेको आन्दोलन राजावादीहरूले नै बिगारेको आरोप लगाए। धवलशमशेर र रवीन्द्र मिश्र मञ्चमा अगाडै पुगेपछि आन्दोलन भाँडिएको र दोष भने आफूलाई मात्र थोपरेको उनले बताए।

प्रसाईंले आफू राजावादी वा राप्रपा नभएको प्रस्ट पार्दै, “म राष्ट्रवादी हुँ, राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन्,” भने।

राजालाई उनले भगवान रामसँग तुलना गर्दै थपे, “राजा र देउता आफ्नो ठाउँमा छन्, हृदयमा छन्। भगवान राम जंगल जाँदा भरतले खरौ राखेर देश चलाएको थियो, त्यस्तै हामी पनि तयार छौं।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com