काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा वर्तमान राजनीतिक समस्याहरूको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित “संविधान कार्यान्वयनको दश वर्षको समीक्षा: उपलब्धि, चुनौती र सुझाव” विषयक अन्तरक्रिया कार्यक्रममा सापकोटाले संविधानसम्बन्धी बहसहरू पूर्ण समानुपातिक प्रणाली लागू नगरेसम्म अर्थहीन हुने टिप्पणी गरे।

advertisement

उनले सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले अझै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने निर्णयमा पुगेका छैनन् भन्दै माओवादीको स्पष्ट दृष्टिकोण प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक प्रणालीतर्फ अग्रसर हुनु रहेको दोहोर्‍याए।

सापकोटाले सांसदहरूले मन्त्री नबन्ने व्यवस्था लागू गर्न सकिएमा विधायिकी काम अझ प्रभावकारी हुने तर्क पनि गरे।

उनले संविधानलाई समयानुकूल संशोधन गरी जनमुखी बनाउन प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, सांसदले मन्त्री नहुने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादी केन्द्रको दीर्घकालीन दृष्टिकोणको मूल आधार भएको स्पष्ट पारे।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com