काठमाडौं । माइतीघरबाट पक्राउ परेका सन्तोष कुमार सिलवाल ‘सन्तोष राजावादी’लाई पाँच दिनसम्म हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

सिलवाललाई मंगलबार माइतीघर क्षेत्रमा प्रदर्शनकै क्रममा गोरखापत्र च्यातेको आरोपमा पक्राउ गरिएको हो। गोरखापत्रमा प्रकाशित ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकको लेखप्रति आपत्ति जनाउँदै उनले पत्रिका च्यातेका थिए। उक्त लेखले हिन्दू धर्ममाथि प्रहार गरेको दाबी गर्दै उनले विरोध प्रदर्शन गरेका थिए।

advertisement

हाल सिलवाललाई प्रहरी वृत्त सिंहदरबारमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com