बुटवल ।  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालाेबजारी र महँगी नियन्त्रण गर्ने बताएका छन् । चाडबाड नजिकिएसँगै बजारका कालाेबजारी र महँगी बढेकाे गुनासाे आउने गरेकाे भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेकाे बताए ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार बुटवलमा आयाेजना गरेकाे `दैनिक उपभाेग्य वस्तुकाे सुनिश्चितता : उपभाेक्ताकाे अधिकार हाम्राे चासाे´ विषयक अन्तरसंवाद कार्यक्रममा सम्बाेधन गर्दै उपभाेक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिवद्द रहेकाे बताए। उनले चाडवाडकाे माैका छाेपेर कालाेबजारी गर्ने र उपभाेक्ताकाे स्वास्थ्यमा खेलवाड गरेकाे पाइएमा सरकारले कडा कारवाही गर्ने चेतावनी पनि दिए । उपप्रधानमन्त्री सिंहले उपभाेग्य वस्तुकाे आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जाेड दिए । अहिलेकाे सरकार जनताकाे जीवन र जिविकाप्रति गम्भीर रहेकाे भन्दै उनले उपभाेक्ताकाे हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्द रहेकाे बताए ।

advertisement

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभाेक्ताकाे हकअधिकार सुरक्षित गर्ने र उपभाेक्तामैत्री नीति बनाउन सहयाेग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, लुम्बीनी प्रदेशका विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्याेग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रूपन्देहीका उद्याेगी व्यवसायी र उपभाेक्ताहरूकाे सहभागिता थियाे ।

कार्यक्रममा सहभागिहरूले सिमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामाग्री भित्रिरहेकाले त्यसलाई राेक्नुपर्ने, कालाेबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वकाे मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com