काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनविश्वास कमजोर भए देश नै संकटमा पर्न सक्ने बताएका छन्।
बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२ मा बोल्दै उनले माओवादीको विकल्पलाई जनताले अस्वीकार गरे देश ठूलो दुर्घटनामा पर्ने चेतावनी दिए।
उनका अनुसार माओवादी नेतृत्वका सरकारहरूले राम्रो काम बाहेक कुनै गलत काम नगरेको भए पनि कांग्रेस र एमालेले भ्रष्टाचारलाई आश्रय दिने गरी सरकार बनाएको आरोप उनले लगाए।
“माओवादीलाई जनताले विश्वास नगरे देश नै दुर्घटनातर्फ धकेलिन्छ भन्ने मेरो ठम्याइ हो,” प्रचण्डले भने, “तर कांग्रेस र एमाले भ्रष्टाचारमै लिप्त छन् र भ्रष्टाचारीलाई जोगाउन अहिलेको सरकार बनाइएको हो। यो सरकार डरको परिणाम हो।”
उनले संसदमै पनि खुलेर अहिलेको सरकार सुशासनका लागि नभई भ्रष्टाचार ढाकछोप गर्न बनेको दाबी गरेको उल्लेख गरे।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया