काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही भदौ १५ र १६ गते केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्।
बैठकमा संस्थापक सदस्य, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरू, साथै पालिकाका प्रमुख–उपप्रमुखहरू सहभागी हुनेछन्।
कान्तिपथस्थित होटल एल्लो प्यागोडामा हुने उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विधान संशोधन, केन्द्रीय सदस्य मनोनयन, निर्वाचन आयोगमा विवरण अध्यावधिक तथा अन्य विषयहरू एजेण्डामा रहनेछन्।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया