काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अरनिको पाँडेविरुद्ध थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा हुने भएको छ।

सरकारी वकिलको कार्यालयले शुक्रबार बिहानै मुद्दा दर्ता गरेपछि पाँडेको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेश भएको हो। सुरुमा बयान लिने र त्यसपछि थुनछेक बहस गर्ने कार्यसूची छ। बहसपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी/हाजिर जमानीमा छाड्ने भन्ने आदेश दिनेछन्।

advertisement

पाँडे बुधबारदेखि साइबर ब्युरोको हिरासतमा छन्। उनीविरुद्ध एक महिलाले जिमेलमार्फत अपशब्द प्रयोग गरेर गाली गरेको उजुरी दिएकी थिइन्। सो विषयमा साउन १२ गते साइबर ब्युरोमा निवेदन दर्ता भएको थियो। भदौ ५ गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com