काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा अझै राजनीतिक दलहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीतर्फ अघि बढ्ने अवस्थामा नपुगेको बताएका छन्।

शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरूको लोकार्पण कार्यक्रममा उनले पूर्ण समानुपातिक प्रणालीले मात्रै राज्य संयन्त्रमा उपेक्षित र वञ्चित समुदायको पहुँच बढाउन सक्ने धारणा राखे।

advertisement

मन्त्री गुरुङका अनुसार यो प्रणाली सबैभन्दा किफायती हुने भएकाले व्यक्तिगत खर्च घट्ने मात्र होइन, दलबीचको अनावश्यक प्रतिस्पर्धा पनि कम हुने अपेक्षा गर्न सकिन्छ।

उनले संविधानले प्रदान गरेका अधिकारलाई व्यवहारमा उतार्न जनस्तरमा बहस र जनमत सिर्जना अपरिहार्य रहेको भन्दै पछिल्लो दशकमा नेपालको वर्ग संरचना नै परिवर्तन भएकाले निर्वाचन प्रणालीमा समेत सुधार आवश्यक भएको उल्लेख गरे।

संघीयताको औचित्य स्मरण गराउँदै उनले एकात्मक शासन संरचनामा विविधताको एकता सम्भव नदेखिएकाले संरचनागत रूपान्तरण अनिवार्य भएको बताए।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com