काठमाडौं ।  नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडीबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा थप सहजीकरण र लचकता अपनाउन आग्रह गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको भन्सार प्रशासनबीच बिहीबार काठमाडौंमा भएको द्विपक्षीय बैठकमा कृषि मन्त्री रामनाथ अधिकारीले नेपालतर्फको प्रतिनिधित्व गरे भने चीनतर्फको नेतृत्व उपमन्त्री वाङ लिङजुनले गरे।

advertisement

बैठकमा नेपालले थर्मल प्रशोधित भैंसीको मासु, भैंसीको कार्टिलेज, घ्यू, नौनी, बटर, छुर्पी, कुखुराको मासु र पञ्जा, सुन्तला जातका फलफूल, तरकारी, चिया, कफी र जडीबुटी निर्यातका लागि आग्रह राखेको थियो। साथै हेलेज र साइलेज (पशु आहार) निर्यातमा पनि प्रस्ताव राखिएको छ।

हाल नेपालबाट ३४ प्रकारका कृषिवस्तु ६१ कम्पनीमार्फत चीन निर्यात हुँदै आएको मन्त्रालयले जनाएको छ।

चिनियाँ उपमन्त्री वाङले नेपाललाई छिमेकी मुलुकका रुपमा प्राथमिकता दिने उल्लेख गर्दै व्यापार सहजीकरणका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए। बैठकमा नेपालले कृषि उपज निर्यातका लागि दुवै मुलुकको संयुक्त संरचना स्थापना गर्ने प्रस्ताव राख्दा चीनले त्यसमा सहमति जनाएको मन्त्रालयले जानकारी दिएको छ।

बैठकमा नेपालतर्फ सचिव डा. गोविन्द प्रसाद शर्मा, डा. दीपक कुमार खराललगायत सहभागी भएका थिए।

 

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com